Warning: Undefined array key 0 in /home/yiplnet/pc-p2.yipl.net/wp-content/plugins/contact-form-7/includes/file.php on line 268
मध्यकालीन खर्च संरचना – Province Policy
यो साझा गर्नुहोस्

भूमिका प्रदेश सरकारको वित्तिय कार्यकुशलता तथा बजेटको प्रभावकारी कार्यान्वयनको लागि तीन वर्षीय स्रोतको आर्केलन सहितको मध्यमकालीन खर्चको संरचना निर्माण गर्ने व्यवस्था अन्तर सरकारी वित्त व्यवस्था ऐन २०७४ तथा प्रदेश सरकारको आर्थिक ऐन २०७४ ले गरेको छ। प्रदेश सरकारको योजना तथा वजेटमा तालमेल ल्याउन विगतका वर्षमा भएको आम्दानी तथा खर्च, चालु आर्थिक वर्षको समीक्षा र अगामी आर्थिक वर्षमा प्राप्त हुन सक्ने वित्तिय समानीकरण, राजस्वको बाँडफाँड तथा आन्तरिक आयको आधारमा अगामी आ.व. ०७७-०७८ देखि २०७९:२०८० सम्म तीन आर्थिक वर्षको लागि प्रदेश सरकारको मध्यमकालीन खर्च संरचना तयार गरिएको हो । यो मध्यमकालीन खर्च संरचनामा प्रदेश सरकारको आवधिक योजनाको आधारपत्र, सरकारको विकास निर्माणका प्राथमिकताहरु, दिगो विकासका लक्ष्यहरुमा प्रतिवद्ध रही कार्यक्रम तथा आयोजनाहरु स्रोत संग तालमेल हुने गरी राखिएकोछ । यसले प्रदेश सरकारको विगत तीन वर्षको स्रोत परिचालन तथा ती स्रोत परिचालन बाट प्राप्त हुने नतिजा तथा सूचकहरुलाई प्रक्षेपित गरिएकोछ । यसले प्रदेश सरकारको तीन आर्थिक वर्षको कार्यक्रमको लागि आवश्यक स्रोतको व्यवस्थापनमा सहयोग पुयाउने तथा विनियोजित स्रोतको प्रभावकारी कार्यान्वयन मार्फत अपेक्षित नतिजा प्राप्त गर्न मद्दत पुग्ने आशा एवम विश्वास लिएको छु। अन्तमा यस मध्यमकालिन खर्च संरचनाको निर्माणमा सहयोग पुयाउने प्रदेश सरकारका सम्पूर्ण मन्त्रालय, निकाय तथा परामर्शदातालार्‌इ धन्यवाद दिन चाहन्छु । यसै गरी यसको निर्माणमा प्राविधिक तथा आर्थिक स्रोतको व्यवस्थापनको लागी ६० प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु। धन्यवाद ।